छुट्टाछुट्टै स्थानमा चार जना मृत अवस्थामा फेला
जानकारी केन्द्र
२०८०, चैत्र, १३
काठमाडौं । मानेभञ्ज्याङ गाउँपालिका-२ कृषेपु बस्ने ५० वर्षीय खड्ग बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार मकालु गाउँपालिका-५ माङसिमा राई गाउँ बस्ने ६६ वर्षीय हरि प्रसाद राई सोही ठाउँस्थित सुसम्बा भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बाख्रा चराउन गएका घर नफर्किए पश्चात खोजी गर्ने क्रममा उनको शव फेला परेको बताइएको छ ।
यसैगरी मेलुङ गाउँपालिका-७ सितली ज्यामिरेस्थित पाखामा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार भिमेश्वर नगरपालिका-२ तामाकोशी नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३१ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

