बाँके । आफ्नै श्रीमती २१ वर्षीया शुशिला सुनारको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित होम पाईप कम्पनीमा काम गरी बस्ने बर्दिया बाँसगडी नगरपालिका-४ घर भएका २२ वर्षीय अनिल विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार विकले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी सुनारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


