सुनसरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
जानकारी केन्द्र
२०८०, चैत्र, १५
सुनसरी । बराहक्षेत्र नगरपालिका-१ भलायोटार घर भई सोही ठाउँ कोशी पुलस्थित न्यू सप्तकोशी खाजा घर होटल व्यवसाय गर्दै आएका जल तथा मौसम विभाग समेतमा करारमा कार्यरत ४३ वर्षीय मिथीलेस साहको होटलमा विद्युत सर्ट भई मगलबारराति आगलागी हुँदा होटलभित्र रहेको फ्रिज १ थान, काठको र्याक १ थान, साउण्ड सिस्टम १ थान लगायतका सामान जलेर करिब १ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आगलागीबाट उक्त होटलको कोठाभित्र राखिएको जल तथा मौसम विभागको कोशीको पानीको बहाव नाप्ने मेशिन १ थान र मोटर १ थान समेत जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

