Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

नेपाल र आयरल्याण्ड ‘ए’ टोलीको खेल स्थगित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १५
नेपाल र आयरल्याण्ड ‘ए’ टोलीको खेल स्थगित

काठमाडौँ । त्रिवि क्रिकेट मैदान हुने भनिएको खेल स्थगित भएको छ । नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’विरुद्ध टी २० सिरिजको पहिलो खेल स्थगित भएको क्यानले जनाएको हो।

नेपाल ‘ए’ र आयरल्याण्डबीचको पहिलो टी २० भिजेको आउटफिल्डका कारण स्थगित भएको छ,’क्यानले भनेको छ। त्रिवि क्रिकेट मैदानमा खेल अपराहन्न १ बजे हुने तयारी थियो । नेपाल ए ले मार्च २८,२९ र ३१ मा आयरल्याण्ड एसँग टी २० सिरिज र अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने कार्य तालिका भएको थियो ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी २० खेल खेलेको थियो । जसमा दुवै खेल नेपालले जितेको थियो ।
नेपालबा टी २० सिरिज खेल्न विनोद भण्डारीको कप्तानीमा लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स