मृत अवस्थामा फेला
काठमाडौं । बृन्दावन नगरपालिका-१ भोटिया टोल बस्ने ३५ वर्षीया सेतीमाया तामाङ सोही ठाउँस्थित बाग्मती खोलाको छेउमा रहेको मकै खेतमा मंगलबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार घर नजिकै बाटोमा घाँटी काटिएर घाइते अवस्थामा फेला परेका तामाङका श्रीमान् ३७ वर्षीय तिर्थ वाइवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेको बताएपछि खोजी गर्ने क्रममा घाँटी काटिएर मृत्यु भएको अवस्थामा सेतीमायाको शव फेला परेको छ । घाइते तिर्थ वाइवाको सिभिल अस्पताल चपुरमा उपचार भरहेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार हँसिया २ थान फेला पारी बरामद गरेको बताइएको छ ।
त्यस्तै गरेर ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थान डेरा गरी बस्ने झापा घर भएकी ३४ वर्षीया अञ्जु लिम्बु आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
