मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
जानकारी केन्द्र
२०८०, चैत्र, १५
मुगु । सोरु गाउँपालिका-८ कचियास्थित क.प्र.०२९००१ ज.००५९ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-७ बस्ने २२ वर्षीय कबिराज नेपाली र जिपमा सवार सोही गाउँपालिका-२ जरेपानी बस्ने २६ वर्षीया कुशुम नेपालीको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका जिपमा सवार ४ जनामध्ये ३ जनाको जिल्ला अस्पताल गमगढी र १ जनाको थप उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
