मिलनसहित दलबल लिएर इलाम झरे रवि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनमा होमिएको छ । आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि बिहीबार मात्र उम्मेदवार टुंग्याएको रास्वपा औपचारिक रुपमा घोषणा गर्न इलाम पुगेको छ ।
रास्वपाले हालैमात्र माओवादी त्यागेका पहिचानवादी पत्रकार मिलन लिम्ँबस्लाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी औपचारिक रुपमा शनिबार घोषणा हुनेछ । रास्वपाले भोलि दिउँसो १ बजे इलाम नगरपालिका –७ को चोकबजार, लाकुरी चौतारामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा सहभागी हुन रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित नेताहरु उपसभापति डा। स्वर्णिम वाग्ले, सह महामन्त्री कविन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता तथा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य एवं सांसद तोसिमा कार्कीलगायतका नेताहरू आज इलाम झरेका छन् ।
इलाम २ बाट गत आम निर्वाचनमा विजयी भएका संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचन क्षेत्र प्रतिनिधि विहीन रहेको छ । नेम्वाङको निधनपछि रिक्त सो क्षेत्रमा आगामी वैशाख १५ का लागि उपचुनावको मिति तय भएको छ ।
उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेले नेम्वाङपुत्र सुहाङलाई मैदान उतार्दा रास्वपाले मिलन लिम्बु, पहिचानवादीले डेकेन्द्रसिंह थेगिम, नेकपा एसले जितबहादुर राई र राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादीले भने हालसम्म उम्मेदवार टुंग्याउन सकेका छैनन् ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

