आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । औरही गाउँपालिका-४ ईटाटार बस्ने मो.रसुल खानको घर र प्रविन खातुनको घरमा गएराति आगलागी हुँदा दुवै जनाको घर, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान जलेर करिब करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार कुश्मा नगरपालिका-२ खुर्कोट सैनिकोटस्थित सडकमा पार्किङ गरी राखेको बा.२ ख २०४६ नम्बरको स्काई भेटरमा शनिबार बिहान आगलागी हुँदा स्काई भेटरको ईन्जिनको भाग र अगाडि क्याविनको भाग पूर्णरूपमा जलेर क्षति भएको छ ।
यसैगरी आठराई त्रिवेणी गाउँपालिका-२ रमिते बस्ने हर्क बहादुर थापाको घरमा शनिबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको लत्ताकपडा, भाँडावर्तन, अन्नपात, नगद र सुन समेत जलेर करिब ११ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार रामधुनी नगरपालिका-७ क्याप्टेन चोक बस्ने ६० वर्षीया कौशिला राईको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

