आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । औरही गाउँपालिका-४ ईटाटार बस्ने मो.रसुल खानको घर र प्रविन खातुनको घरमा गएराति आगलागी हुँदा दुवै जनाको घर, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान जलेर करिब करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार कुश्मा नगरपालिका-२ खुर्कोट सैनिकोटस्थित सडकमा पार्किङ गरी राखेको बा.२ ख २०४६ नम्बरको स्काई भेटरमा शनिबार बिहान आगलागी हुँदा स्काई भेटरको ईन्जिनको भाग र अगाडि क्याविनको भाग पूर्णरूपमा जलेर क्षति भएको छ ।
यसैगरी आठराई त्रिवेणी गाउँपालिका-२ रमिते बस्ने हर्क बहादुर थापाको घरमा शनिबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको लत्ताकपडा, भाँडावर्तन, अन्नपात, नगद र सुन समेत जलेर करिब ११ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार रामधुनी नगरपालिका-७ क्याप्टेन चोक बस्ने ६० वर्षीया कौशिला राईको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
