सुनको भाउ अहिलेसम्मकै उच्च , तोलाकै १ लाख ३१ हजार ६ सय
जानकारी केन्द्र
२०८०, चैत्र, १९
काठमाडौँ । सुनको मूल्य फेरि आकाशिएको छ । पछिल्ला २ दिन स्थिर रहे पनि सोमबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँसम्मले बढेको हो। छापावाल सुन उक्त दरले बढ्दा तेजाबी सुन १ हजार ५ सय ५० रुपैयाँले बढेको छ । योसँगै आज सुनको मूल्यले १ लाख ३१ हजार ६ सय रुपैयाँको नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोला दरमा वृद्धि भएको छ। सोमबार चाँदी १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
