विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । अन्नपुर्ण गाउँपालिका-४ सल्लाघारीस्थित सडकमा पोखराबाट भदौरे सल्यानतर्फ जाँदै गरेको ग.१ ज ५५४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका-२३ कार्कीतघरा बस्ने ५५ वर्षीय लक्ष्मण सुनार र सोही महानगरपालिका-२३ ठुलाखेत बस्ने ५२ वर्षीय जयराम सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार ४ जनाको सोही अस्पतालमा र अन्य २ जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार देवदह नगरपालिका-१० चरङगे जंगलस्थित सडकमा लु.३८ प ५१२८ नम्बरको स्कुटरलाई लु.२ ख.१८३२ नम्बरको टिपरले आइतबार साँझ ठक्कर दिँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-१४ बेलभरीया बस्ने ४७ वर्षिय हरी घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार बताइएको भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ।
यसैगरी कपिलबस्तु नगरपालिका-८ मैनिहवास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
