छुट्टाछुट्टै स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । तिलोत्तमा नगरपालिका-६ सालघारी बस्ने ५५ वर्षीय सन्तु पुनको बाख्रा फर्ममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार भोटेकोशी गाउँपालिका-४ फुल्पिङ डाँडागाउ बस्ने ७० वर्षीय कुमार पौडेलको कच्ची घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, २ तोला सुन र महत्वपूर्ण कागजात पूर्णरुपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी आठविसकोट नगरपालिका-१० घरीखोला बस्ने प्रेमराज वलीको घरमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बिष्णु कुमार वलीको घरमा समेत आगलागी हुँदा दुबै जनाको घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाबर्तन र पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनामल नष्ट भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खजुरा गाउँपालिका-७ स्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालको एक्सरे, सिटी स्क्यान रहेको कोठामा विद्युत सर्ट भई आइतबार साँझ आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । त्यस्तै गरेर माधवनारायण नगरपालिका-१ दिपहिटोल बस्ने सियाराम महतोको घरमा आइतबार दिउँसो लागेको आगो सल्किएर सोही ठाउँ बस्ने अन्य ५ जना मानिसहरुको घरमा समेत आगलागी हुँदा करिब १० लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका-४ खेसाङखोपाङ बस्ने याम बहादुर राईको घरमा आइतबार राति आगलागी हुँदा २ तले घर र गोठ पूर्णरुपमा जलेर करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

