Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

खोटाङमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २२
खोटाङमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यस्मिटार बस्ने टेक बहादुर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर, घरभित्र रहेका १ तोला सुन, ५० तोला चाँदी, अन्नपात, भाँडावर्तन र घर नजिक रहेको २ वटा ग्वाली लगायत विभिन्न सरसामानहरू जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स