Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

इलाम–२ मा माओवादीले आफ्नो उम्मेदवारलाई फिर्ता बोलाएर एमाले उम्मेवारलाई सघाउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २२
इलाम–२ मा माओवादीले आफ्नो उम्मेदवारलाई फिर्ता बोलाएर एमाले उम्मेवारलाई सघाउने

काठमाडौँ। नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।

माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । ‘दुई अध्यक्ष विच हिजो सहमति भएको रहेछ । केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं, माओवादीका केन्द्रीय सदस्य समेत रहेका शर्माले भने ।

इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन् ।

नेपाली कांग्रेसले भने हाल उम्मेदवार घोषणा गरेको छैन ।

Top Changing Nepal

युट्युब सट्स