प्रधानाध्यापकद्वारा विद्यार्थीमाथि कुटपिट
जानकारी केन्द्र
२०८०, चैत्र, २२
काठमाडौं । फेसबुकमा कमेन्ट गरेको निहुँमा झापामा विद्यार्थीमाथि कुटपिट भएको छ । झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले आफ्नै एक जना छात्रालाई कुटपिट गरेका हुन् ।
कमल ५ राधाकृष्ण टोल निवासी सो विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई प्रअ बगालेले कुटपिट गरेका हुन् । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल बनेको छ ।
सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख, प्रधानाध्यापक बगाले, व्यवस्थापन समिति अध्यक्ष, बाल संगठनका प्रतिनिधिसहित बसेर घटना बारे छलफल भएको पालिकाका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए ।
प्रअ बगालेले ती विद्यार्थीलाई कुटपिट गरी अब उप्राप्त यस्ता कार्य नगर्न सचेत गराउँदै परिवारलाई कागज गराई जिम्मा लगाएका थिए ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

