रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि..
एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डो फेरी विवादमा परेका छन् । गएराती सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो ।
यस खेलको ८६औ मिनेटमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिएका थिए । उनले अल हिलालका खेलाडीलाई धक्का दिएपछि रेफ्रीले रातो कार्ड दिएका थिए । तर रेफ्रीले रातो कार्ड दिदै गर्दा रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
धेरै रोनाल्डोको यस्तो व्यवहारको आलोचना गरेका छन् । रोनाल्डोको यस्तो व्यवहारको आलोचना गर्दै उनलाई केहि खेलको प्रतिबन्ध लाग्न सक्ने समेत चर्चा छ । रोनाल्डोलाई थप खेलमा प्रतिबन्ध लगाउने विषयमा भने स्पष्ट जानकारी आएको छैन । यस विषयमा साउदी फुटबल फेडेरेसनले नै अन्तिम फैसला गर्ने बताइएको छ ।
तर रोनाल्डोले मैदानमा गरेको व्यवहार खेल भावना भन्दा विपरित रहेकोले उनलाई केहि खेलको प्रतिबन्ध लाग्ने बताइएको छ । यस खेलमा अल हिलालले अल नासरलाई २-१ गोलले पराजित गर्दै सुपर कपको फाइनलमा पुगेको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
