चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
धनुषा । जनकपुर उपमहानगरपालिका-७ डेरा गरी बस्ने महोत्तरी एकडाडा गाउँपालिका-३ घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय अर्जुन साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ।
प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका-७ विश्वकर्मा चोक नजिक कलबार कुट्टी जाने बाटोमा अपरिचत व्यक्तिले चक्कु प्रहार गर्दा महासेठ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले घाइतेलाई प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।
चक्कु प्रहार गर्ने व्यक्तिको खोजी र अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-४ कलबारकुट्टीबाट साहलाई प्रहरीले फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
