मृत अवस्थामा फेला
काठमाडौं । सैनामैना नगरपालिका-७ रामबस्ती बस्ने मोहन भुसालको छोरा ८ वर्षीय आयुष भुसाल सोही ठाउँस्थित ईन्गोरिया खोलामा सोमबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएका छन् । आइतबार घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ। प्रहरीका अनुसार क्व्होलासोथार गाउँपालिका-१ नजरे बस्ने ६९ वर्षीया धन कुमारी गुरुङ सोही गाउँपालिका-३ च्यानडाडास्थित च्यानडाडा वनको भिरबाट खोल्सामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । चैत १५ गते माईती घर जान्छु भनी हिँडेकी उनी सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा सडीगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै गरेर रामेछाप नगरपालिका-६ हुदिल बस्ने ७३ वर्षीय तेज बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएका छन् ।प्रहरीका अनुसार गरुडा नगरपालिका-६ अमरपट्टी बस्ने १८ वर्षीय नन्दकिशोर राय यादव सोही ठाउँस्थित झाझ सिचाई नहरमा सोमबार मृत अवस्थामा फेला रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

