गाडी दुर्घटनामा परि भारतमा ७ नेपालीको मृत्यु
जानकारी केन्द्र
२०८०, चैत्र, २७
काठमाडौँ। भारतको उत्तराखण्डमा गाडी दुर्घटनामा परी ७ नेपालीको मृत्यु भएको छ। उत्तराखण्डस्थित नैनिताल जिल्लामा सोमबार राति गाडी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको हो।
सोमबार राति नै नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको टाइम्स अफ इन्डियाले जनाएको छ।
समाचारका अनुसार मृतक सबै महेन्द्रनगरका रहेको जनाइएको छ। दुर्घटनापछि स्टेट डिजास्टर टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगी ८ जनाको शव निकालेको थियो। मृत्यु हुनेहरु सबै जल जीवन मिसनमा कार्यरत रहेका थिए । उनीहरुको सनाखत समेत भइसकेको छ।
मृत्यु हुनेहरुमा नेपालीहरूमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

