गाडी दुर्घटनामा परि भारतमा ७ नेपालीको मृत्यु
जानकारी केन्द्र
२०८०, चैत्र, २७
काठमाडौँ। भारतको उत्तराखण्डमा गाडी दुर्घटनामा परी ७ नेपालीको मृत्यु भएको छ। उत्तराखण्डस्थित नैनिताल जिल्लामा सोमबार राति गाडी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको हो।
सोमबार राति नै नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको टाइम्स अफ इन्डियाले जनाएको छ।
समाचारका अनुसार मृतक सबै महेन्द्रनगरका रहेको जनाइएको छ। दुर्घटनापछि स्टेट डिजास्टर टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगी ८ जनाको शव निकालेको थियो। मृत्यु हुनेहरु सबै जल जीवन मिसनमा कार्यरत रहेका थिए । उनीहरुको सनाखत समेत भइसकेको छ।
मृत्यु हुनेहरुमा नेपालीहरूमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
