माेबाइल हरायाे ? अब गुगलकाे ‘फाइन्ड माई डिभाइस नेटवर्क’ले भेटाइदिनेछ
काठमाडौं, २८ चैत । लामो प्रतिक्षापछि गुगलले अन्ततः ‘फाइन्ड माई डिभाइस नेटवर्क’ सुरु गरेको छ ।गत वर्ष गुगलले ‘फाइन्ड माई डिभाइस नेटवर्क’ घोषणा गरेको थियो र त्यसबेलादेखि यसको निरन्तर परीक्षण गरिरहेको थियो । गत हप्ताको एक रिपोर्टमा ‘फाइन्ड माई डिभाइस’ नेटवर्क चाँडै रिलिज हुने बताइएको थियो ।
फाइन्ड माई डिभाइस नेटवर्कले एप्पलको फाइन्ड माई एप जस्तै काम गर्नेछ, जसको मद्दतले मोबाइलबाहेक अन्य स्मार्ट ग्याजेटहरू पनि ट्र्याक गर्न सकिन्छ ।गुगलले आफ्नो एक ब्लग मार्फत ‘फाइन्ड माई डिभाइस नेटवर्क’ को सुरुवातको बारेमा जानकारी दिएको छ । गुगल फाइन्ड माई डिभाइस नेटवर्क अमेरिका र क्यानडाबाट सुरु भएको छ र यसको अपडेट अन्य देशहरूमा पनि जारी भइरहेको छ । गुगलले ब्लगमा फाइन्ड माई डिभाइस नेटवर्कको मद्दतले आफ्नो एन्ड्रोइड उपकरण सजिलै र सुरक्षित रूपमा पत्ता लगाउन सकिने बताएको छ ।
सामान्यतया सबैभन्दा ठूलो समस्या उपकरणको अफलाइन मोडमा हुन्छ । गुगलले फाइन्ड माई डिभाइस नेटवर्क मार्फत यो समस्या समाधान गरेको बताएको छ । गुगलले फाइन्ड माई डिभाइस नेटवर्कमा जडान भएको डिभाइस ट्र्याक गर्नका लागि उक्त डिभाइस इन्टरनेटमा जडान हुनु आवश्यक नरहेको बताएको छ ।पिक्सेल ८, पिक्सेल ८ प्रो प्रयोगकर्ताहरूले फोन बन्द गरेपछि पनि आफ्नो फोन ट्र्याक गर्न सक्षम हुने गुगलले बताएको छ । पिक्सेल बाहेक, अन्य कम्पनीका फोन र ग्याजेटहरूमा उपलब्ध यो सेवा छिटै उपलब्ध हुने गुगलले बताएको छ ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


