Jankari Kendra
२५ आश्विन २०८३, आईतवार

मानव बेचविखनको आरोपमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २८
मानव बेचविखनको आरोपमा नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ

काठमाडौं। मानव बेचविखनको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु साङ्बो घले पक्राउ परेका छन् ।

नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर श्रीलङ्का पठाएको भन्दै उनीविरुद्ध २०७३ साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोप छ ।

घले नौकुण्ड गाउँपालिको अध्यक्षमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

Top Changing Nepal

युट्युब सट्स