४५ औं शिक्षक दिवस तथा जिल्ला परिषद
घोराही, ३० चैत । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको आयोजनामा ४५ औं शिक्षक दिवस तथा संगठनको जिल्ला परिषद सम्पन्न भएको छ।संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता तथा संगठनका लुम्बिनी प्रदेश अध्यक्ष भागवत पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले शिक्षक एकतामा जोड दिए ।
एकतावद्ध प्रयासले मात्रै शिक्षकहरुका अधिकारका लागि लड्न सकिने भन्दै शिक्षक महासंघलाई पनि थप सशक्त बनाउन सकिने उनकाे भनाइ छ । सो अवसरमा शिक्षक इतिहासको दोस्रो सँस्करणको विमोचन, सेवा निवृत्त भएर जाने ९ जना शिक्षकहरुलाई सम्मान तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो । शिक्षक इतिहासका लेखक पद्मप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।शिक्षकहरूले इतिहासको प्रकाशन महत्वपूर्ण दस्तावेज भन्दै जिल्ला संगठनले नमूना कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।
सो अवसरमा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी, लुम्बिनी प्रदेश सदस्यहरु सुरामणी बेल्वासे र कुलबहादुर केसी, संगठनका केन्द्रीय पार्षद अम्बिका विष्ट, पेशागत महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष श्रीमन न्यौपाने, संगठनका पूर्व अध्यक्षहरु विकास गौतम, हरिप्रसाद गौतम, हुमबहादुर केसी, नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसी, इतिहास लेखक पद्मप्रसाद शर्मा, संगठनका तुलसीपुर नगर अध्यक्ष होमराज डाँगी, सम्मानीतहरुको तर्फबाट मिनबहादुर केसी, प्रगतिशिल प्राध्यापक संघ दाङका अध्यक्ष श्याम आचार्यलगायतले शुभकामना व्यक्त गरेका छन ।
संगठनका उपाध्यक्ष सोमप्रसाद वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मिनराज शर्माले गर्नुभएको थियो ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

