निर्माण व्यवसायी सिद्धार्थ गुरुङविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता
काठमाडौं। निर्माण व्यवसायी सिद्धार्थ गुरुङविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता भएको छ । बुटवल उपमहानगरपालिका–११ स्थायी ठेगाना भएका गुरुङविरुद्ध गत चैत २७ गते पीडितले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिएकी थिईन् । उक्त जाहेरी चैत २८ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।
अन्दाजी ३५/३६ वर्षका गुरुङले गत माघ १७ गते आफूमाथि जबरजस्ती करणी गरेको पीडित महिलाले बताईन् । पीडित महिलाको उमेर ५० वर्षभन्दा माथि रहेको छ । आफूसँग रहेको सम्पत्ति हत्याउने मनसायले गुरुङले उक्त घटना घटाएको हुनसक्ने पीडित महिलाले बताईन् ।
पीडित महिलाका अनुसार अभियुक्त गुरुङ र उनको चिनजान धेरै पहिला देखिकै हो । गुङले ती महिलालाई पहिलादेखि नै दिदीको नाता लगाएर बोलाउँथे। केही समय पहिला आफूलाई गुरुङले सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ गरेको समेत पीडितको भनाइ छ ।
घरमा कोही नभएको मौका पारी आएका गुरुङले आफूलाई जबरजस्ती करणी गरेको उनले बताईन् । पीडित महिलाका अनुसार गुरुङले उक्त घट्नाको फोटो र भिडियोसमेत बनाएका छन् । उनले सो फोटो र भिडियो सामाजिक सञ्जालमा राखिदिन्छु भनेर केही समय पहिलासम्म ब्ल्यकमेलिङ गरेको पीडित महिलाको भनाइ छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
