कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो
काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ । आइतबार बिहान संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुदै सरकारले संसदि अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
लेखकले बैठकका निर्णय जानकारी दिदै भने- ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ । यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ ।’
सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको कांग्रेसले टिप्पणी गरको छ । कांग्रेसले सहकारी ठगिको विश्वसनीय छानबिनको पक्षमा थप दृढताका साथ उभिने निर्णय गरेको लेखकले जानकारी दिएका छन् । साथै कांग्रेसले संसदमा विधेयक प्रस्तुत गर्न नसकेको भन्दै सरकार नागरिकका जनजिविकाका सवालमा असफल भएको निष्कर्ष निकालेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
