केपि ओलि,प्रचण्ड र माधव कुमार नेपालको बालुवाटारमा आकस्मिक भेला
काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय सीमा आज बेलुका ५ बजे सकिँदै छ । प्रदेश प्रमुखले दिएको समय सीमा सकिन केही घण्टा बाँकी रहँदा पनि कसले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भन्ने निर्णय भइसकेको छैन । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा सदूर सरकार गठनको विषयलाई लिएर सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलले नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन गर्न सहमति जुटेको थियो । तर, बैठकबाट बाहिरिएपछि माधव नेपालले असन्तुष्टि जनाएका छन् । सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) को ४ सिट छ ।
सुदूरमा नेपाली कांग्रेसले समेत नयाँ समीकरण बनाएर सरकारमा दाबी पेश गर्ने तयारी गरेको छ । यसरी तयारी भइरहँदा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेसका नेताहरुलाई साथ दिने तयारी थालेका छन् । कूल ५३ सदस्यी प्रदेश सभामा कांग्रेसका १७ सांसद छन् । अध्यक्ष नेपाल नेतृत्वको एकीकृत समाजवादीको ४ सांसद, त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षधर सांसदहरु ४ लगायत सांसदको बहुमत जुटाएर सरकारको दाबी पेश गर्ने तयारी भइरहेको छ ।
यसरी नाउपाका रेशम पक्षधर र अध्यक्ष रञ्जिता चौधरी पक्षधर सांसदहरु विभाजित हुँदा सरकारको दाबी थप अन्यौलग्रस्त भएको छ । सरकारमा दाबी गर्न कांग्रेसले बहुमत पुर्याउने कसरत गरिरहँदा ओली– प्रचण्ड झस्किएका छन् । ओली–प्रचण्ड पुनः आकस्मिक छलफलमा जुटेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
