• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १० घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • ११ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १२ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १३ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १३ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १३ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १४ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर

जानकारी केन्द्र २०८१, बैशाख, ४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर तथा प्रजनन अस्वस्थ्यताको परीक्षण सुरु गरेको छ । कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भइरहेको छ ।

कार्यक्रम थालनी गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सुरु भएकै समयमा क्यान्सर पहिचान गर्न सके रोकथामको सम्भावना रहने भएकोले महानगरपालिकाले आयोजना गर्ने वडास्तरीय निःशुल्क शिविरमा आएर जाँच गराउन आव्हान गरेकी छन् ।

उनले भनिन्- ‘हामी चाहन्छौँ, कसैले पनि उपाय नलाग्ने अवस्था (क्रोनिक) को क्यान्सरसँग जुध्न नपरोस् । समस्या जोखिमपूर्ण चरणमा पुगेपछि हाम्रो उपाय कमजोर हुन्छ । यसकारण हामीले प्रजनन उमेरका महिलाहरुमा क्यान्सर जाँचको शिविर राखेका हौँ । अहिलेको सानो प्रयासले उपचारमा लाग्ने खर्च र पारिवारिक तनाव घटाउन सक्छौँ । यसकारण प्रजनन उमेरका महिलाहरुलाई आफ्नो वडामा हुने शिविरमा गएर जाँच गराउन दोहोर्याएर अनुरोध गर्न चाहन्छु । यो परीक्षण रोगका लक्षण देखिएपछि डाक्टरकोमा जाने खालको होइन । प्रजनन उमेरका सबै महिलाले यो विषयलाई हेलचेक्र्याइँ गर्नु हुँदैन ।’

स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनकाअनुसार शिविरमा स्तन क्यान्सरको जाँचका क्रममा पहिले क्लिनिकल (चिकित्सकबाट) परीक्षण हुन्छ । यसपछि भिडियो एक्सरे हुन्छ । यी दुईप्रकारका परीक्षणबाट क्यान्सरका चिन्ह देखियो भने मेमोग्राम गराइन्छ । यस्तै पाठेघरको मुखको क्यान्सर जाँचका क्रममा नमूना संकलन गरिन्छ । यसको प्रयोगशाला परीक्षणपछि आउने स्वास्थ्य प्रतिवेदन (रिपोर्ट) सम्बन्धित व्यक्तिको मोवाइल नम्बरमा पठाइन्छ ।

महानगरपालिकाकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता लम्सालका अनुसार ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । प्रजनन उमेर (३० बर्षदेखि ६० बर्ष) समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. लम्सालको सुझाव छ ।

क्यान्सरको विश्वव्यापी अध्ययन २०२० को प्रतिवेदन उधृत गर्दै उनले भनिन्, ‘पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हरेक दिन ४ जना महिलाले मृत्युवरण गरिरहेका छन् ।’

३० बर्ष उमेरमाथिका सबै महिलाहरुलाई क्यान्सर हुन सक्छ । उहाँका अनुसार १ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरु जोखिम धेरै हुन्छ ।

भोलिदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु हुनेछ । यस क्रममा वडा नं. ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर चल्नेछ । ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं. २५ र २७ को संयुक्त शिविर हुनेछ । ११ गते मंगलबार र १२ गते बुधबार वडा नं. ३ महाराजगञ्जमा हुनेछ । १४ गते शुक्रबार वडा नं. २६ लैनचौरमा, १६ गते आइतबार वडा नं. २० भीमसेनस्थानमा, १७ गते सोमबार, वडा नं. २१ यंगालमा, १८ गते मंगलबार वडा नं. २३ ओमवहालमा शिविर हुनेछ ।

यसैगरी वैशाख २० गते बिहीबार र २१ गते शुक्रबार वडा नं. १५ मा, २४ गते सोमबार वडा नं. २ लाजिम्पाटमा, २५ गते मंगलबार वडा नं. २४ मखनमा, २६ गते बुधबार वडा नं. २२ टेवहालमा, २७ गते बिहीबार वडा नं. १८ नरदेवीमा, २८ गते शुक्रबार वडा नं. १९ कंकेश्वरीमा, ३० गते आइतबार र ३१ गते सोमबार वडा नं. ३२ पाल्पाकोट (छाप्रे) कोटेश्वरमा शिविर हुने तालिका छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.