लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै
बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत चयन हुदै छन् । छ विषयगत समिति र एक विषेशाधिकार समिति गरी सात समितिमा एकल उम्मेदवारी परेपछि सभापति सर्वसम्मत चयन हुने भएका हुन् ।
लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्वका विषयमा दलहरुबीच यसअघि नै सहमति भएको थियो । जस अनुसार एमालेले विशेष अधिकारसहित ३ समिति, नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले २ समितिको नेतृत्व गर्ने सहमति भएको थियो ।
जस अनुसार प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा (माओवादी केन्द्र) , सामाजिक विकास समितिमा यमबहादुर नेपाली (माओवादी केन्द्र), कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक (काँग्रेस) , सार्वजनिक लेखा समितिमा माया पुन (कांग्रेस) , भौतिक पूर्वाधार विकास समितिमा रामजीप्रसाद घिमिरे (एमाले), अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ (एमाले) र विशेष अधिकार समितीमा गिरीधारीलाल न्यौपाने (एमाले) को एकल उम्मेदवारी परेको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

