हाडनाता करणीपछि बालिकाको हत्या, पेटमा थियो १८ हप्ताको गर्भ
कैलाली । बैतडीमा एक बालिका हराएको दुई दिनपछि मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धान गर्दा हाडनाता करणीपछि हत्या भएको खुलेको छ । पुर्चौडी नगरपालिका ४ रातोमाटीमा बालिकाको पेटमा गर्भ रहेपछि हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले गत चैत २६ गते दिउँसो घटना भएको भएपनी २८ गते मात्रै बालिकाको शव फेला परेको प्रहरी अनुसन्धानबाट खुलेको बताए ।
बालिकाको काका नाता पर्नेले पटकपटक यौन सम्पर्क राख्ने गरेको र पेटमा १८ हप्ताको गर्भ रहेपछि बालिकाको हत्या गरेको स्वीकार गरेको डीएसपी गिरिले बताए ।
डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा बालिकाको टाउकोमा चोट लागेको र उनको पेटमा १८ हप्ताको बच्चा रहेको खुकेको डीएसपी गिरिले बताए ।
गत वर्ष मात्रै भागी विवाह गरेकी १७ वर्षिया बालिका हराएपछि खोजतलास थालिएको थियो । खोजीका क्रममा उनको शव फेला परेको थियो ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

