सुहाङलाई भोट हाल्न इलाम पुगे ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई भोट माग्न इलाम पुगेका छन् । इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि बुधबार आज हुने चुनावी सभालाई सम्बोधन गर्न ओली इलाम पुगेको एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतले बताए।
उनले भने, ‘अध्यक्षज्यू आउने भएपछि करिब ३ हजार हाराहारीमा जनताहरू उपस्थित हुनुहुन्छ । सुहाङको जित्ने सम्भावना पक्का पक्की छ।’ एमालेले आज देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभाको आयोजना गरेको छ । त्यहाँ ओलीले सम्बोधन गर्ने छन् ।सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि पुगेका छन् ।
वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ । एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ छन् ।
यहाँ नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू र पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार केन्द्र लिम्बूसहित २० जनाले उम्मेदवारी दिएका छन् । ओलीले मंगलबार बेलुका नै इलाम पुगेर असन्तुष्ट रहेका एमाले नेताहरूसँग पनि भेटेका थिए ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

