• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • ११ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १२ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १३ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १४ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १४ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १५ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १५ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

रास्वपाका केन्द्रीय सदस्य भन्छन्- आफैले उठाएको संसदीय छानबिनको विषय अहिले हाम्रो विरूद्धमा जस्तो भयो

जानकारी केन्द्र २०८१, बैशाख, ५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले मिडियामा पटक पटक सभापतिलाई जोडेर आउने सहकारीका प्रसंगहरूको निदान हुनै पर्छ भन्दै संसदीय छानबिन समिति सभापति रवि लामिछानेले नै उठाएको विषय भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै केन्द्रीय सदस्य कार्कीले यस अघि सभापतिले संसदीय छानबिनको कुरा उठाएको र अहिले संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको उल्लेख गरेका छन् ।

उनले समर्थकहरू नै अब सत्यको उज्यालोबाट तानिएर भ्रमको अँध्यारोमा पुग्न लाग्दैछन् भन्दै शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने साथीहरू प्रश्न आउला र निरूत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको बताएका छन् ।

उनले भनेका छन्-

सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट आएको छ । मैले चिनेसम्म उहाँ प्रश्नबाट भाग्ने मान्छे होइन। सभापतिबाट पटक पटक आएका मन्तव्य, गरिएका पत्रकार सम्मेलन लगायतका कुराबाट पनि अब त्यो पक्कै पुष्टि भएकै छ । तर त्यति मात्रै पुग्दो भएको छैन ।

सवाल जवाफ जस्तो चलिरहेको छ । पटक पटक नयाँ आरोप आउँछन्, जवाफ आउँछ अनि फेरि अर्को नयाँ कुरा आउँछ, फेरि अर्को जवाफ। यहि चक्र कहिलेसम्म ? मिडियामा पटक पटक सभापतिलाई जोडेर आउने सहकारीका प्रसंगहरूको निदान हुनै पर्छ । फलानो नेताले भनि त सक्यो भन्दैमा समाजले पत्याउँदैन । ढिस्कानो मिडिया वा पत्रकारले लेखि त सक्यो भन्दैमा पनि समाजले पत्याउँदैन । नेता र मिडिया नै आममानिसको नजरमा शंकरहित बनेको छैन । राजनीतिक दलको संक्रमणले प्रहरी प्रशासनको छानविन पनि विवादरहित हुन सकेनन् ।

हाम्रै सभापतिले केहि समय अगाडि संसदमा नै राज्यका प्रहरी प्रशासन जस्ता नियमित संयन्त्रहरूले विश्वास गुमाएका कारण, तिनले गरेका छानविन र अनुसन्धानमा मात्रै भर नपरी संसदीय छानविन विशेष समिति बनाउन पर्ने भन्नु भएको थियो । सभापतिले छानविन समिति बनाउनु पर्छ भन्दा हामी समर्थकहरू संसदबाहिर पनि हो यहि हो भनेर वकालत गरेका थियौँ । आखिर नेपालको धरातलिय यथार्थ त्यही नै हो ।

दुर्भाग्य, बिचमा केहि अलमल भएको छ । जसले गर्दा संसदीय छानविनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो हाम्रो विरूद्धमा जस्तो भएको छ । तर अन्तर्यमा हेर्ने हो भने त्यो मुद्दा त खासमा हाम्रो मुद्दा हो । हाम्रै सभापतिले गरिमामय संसदमा उठाउनु भएको बिषय हो । त्यो कसरी हाम्रा विरूद्धमा हो भन्ने मान्नु ? संसदीय समिति हाम्रो विरूद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो बिरुद्दमा हो भन्ने लाग्छ भने सभापति कै केही अगाडिको कुरासँग त्यो बाझिन्छ ।

अवस्था फरक हुँदैछ । समर्थकहरू नै अब सत्यको उज्यालोबाट तानिएर भ्रमको अँध्यारोमा पुग्न लाग्दैछन् । शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने साथीहरू प्रश्न आउला र निरूत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको छ । त्यसबाट पर्दा हट्न अब सवाल जवाफ मात्रै पर्याप्त छैन ।

विश्वास छ हामीलाई – सहकारीको साना साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई हामीले सभापति बनाएका छैनौँ । प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश हाम्रो नेतृत्व होइन । संसदीय छानविन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ । जस्तो कसिमा जाँचिनु पर्ने हो, जाचिन तयार हौँ । तर यो कुरा सकिदिउँ । अनि सोध्ने हो, तिमीहरूमा हामी जस्तो हिम्मत छ छानविन र जाँचमा उभिने ?

त्यसपछि छुट्टिन्छ, दुधको दुध र पानीको पानी । अनि बन्द हुन्छ सँधैका लागि विरोधी भनिएका मुख ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.