सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिदै छ । सत्ता समीकरणको दल नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन नगर्ने बताएपछि अन्योलता अझै जारी रहेको छ । एमालेले अहिलेसम्म स्पष्ट निर्णय नगरेको बताइएको छ ।
यता एमालेले सोडारीलाई समर्थन नगर्ने भनेपछि एकीकृत समाजवादीले भने प्लान बी तयार गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर सुदूरपश्चिममा सहयोग मागेको बताइएको छ । नेपालको प्रस्तावमा देउवा सकारात्मक भएको र आवश्यक परेमा सहयोग गर्ने र बदलामा अन्य प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने शर्त राखेका छन् । देउवाको प्रस्तावमा नेपाल सकारात्मक रहेको बुझिएको छ ।
देउवासँगको छलफल पछि सुदूरपश्चिममा एकीकृत समाजवादीले प्लान बी तयार गरेको छ । अर्कोतर्फ माओवादीले भने केन्द्रको समीकरणलाई बचाउन एकीकृत समाजवादीलाई समर्थन गर्न सक्ने बताइएको छ ।
प्रदेश प्रमुखले सरकार दाबि गर्न दिएको समय आज साँझ ५ बजे सकिने भएकाले एकीकृत समाजवादीले कसरी बहुमत पुर्याएर दाबि गर्न भन्ने स्पष्ट भएको छैन । सुदूरपश्चिममा एकीकृत समाजवादीका ४ सांसद छन् । कांग्रेसका १८ सांसदले समर्थन गरेमा २२ मत हुने छ ।
प्रदेशमा हाल कायम रहेको ५२ सदस्यमा बहुमतका लागि २७ मत आवश्यक पर्दछ । एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका ५ सांसदले समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन । यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएकाले अब उनीहरुले एकीकृत समाजवादीलाई समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन । नाउपाको रेशम पक्षका ५ सांसद र राप्रपाका एक सांसदले समर्थन गरेमा भने २८ मत हुन्छ र बहुमत पुग्ने अवस्था बन्छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

