आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । सुवर्ण गाउँपालिका-७ चौरैया बस्ने नुर महमदको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भई सोही ठाउँ बस्ने अलि हुसेन मिँया, टिवन मिँया, जिकुरुल्हा मिँया र समिमा खातुन घरमा समेत आगलागी हुँदा पाँचै जनाको घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार फुङलिङ नगरपालिका-६ गैरीगाउँ बस्ने गणेश गुरूङको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, सुन ४ तोला, चाँदी ७ तोला गरी करिब २४ लाख ३१ हजार २ सय ५० रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगलागीबाट सोही ठाउँ बस्ने छविलाल नेपालीको भान्छा घर समेत जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।
त्यस्तै गरेर स्वर्गद्वारी नगरपालिका-४ फुर्सेटाकुरास्थित स्वर्गद्वारी गुठीको जंगलमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ७२ वर्षीय आत्मराम सुनारको घरमा समेत आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको नेपाल प्रहरीले जनाएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
