शहरी विकास मन्त्रालयका कर्मचारीले गरे आत्महत्या
जानकारी केन्द्र
२०८१, बैशाख, १०
काठमाडौं । शहरी विकास मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगीले आत्महत्या गरेका छन् । विगत १० वर्षदेखि करार सेवामा शहरी विकास मन्त्रालयमा कार्यरत पुष्कर खड्काले आज बिहान आत्महत्या गरेका हुन् ।
खड्का पत्नी र छोराका साथमा मनोहरामा बस्दै आएका थिए । उनले आज बिहान जडिबुटीको फलामे पुल मुनी आत्महत्या गरेको बताइएको छ । विगत केही समयदेखि मृगौला रोगबाट पीडित उनले तीन पटक सम्म डायलासिस गरिसकेका थिए ।
दोलखा तामाकोशी गाउँपालिका स्थायी ठेगाना भएका खड्काको पत्नी पनि करार सेवामै शहरी विकास मन्त्रालय मातहत रहेर काम गर्दै आइरहेकी छिन् । आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
