• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १२ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • २. २०८३ असार ३० गते मंगलवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ४. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

  • ५. ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रम्बी इलेक्ट्रिक कार ?

  • ६. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ८. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ९. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • १०. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

देशभरको मौसममा बदली, पश्चिम नेपालका केही जिल्लामा वर्षा

admin २०७२, माघ, ७

काठमाडौ उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ । गएराती पहिलो हिउँदे बर्षा भएपछि चिसो बढेको हो । आज दिउँसो मौसम बदली भई पानी पर्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ । हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले देशभरिकै मौसममा बदली आएको हो । पछिल्लो बदलीसँगै मुलुकभर नै हल्का वर्षा हुन सक्नेछ । उच्च हिमाली क्षेत्र र तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिजोदेखि हिमपात भएको छ भने आज पनि वर्षा तथा हिमपात हुने विभागले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलकाअनुसार काठमाडौँलगायत पश्चिमी क्षेत्रमा बुधबार पनि मौसम बदली हुनेछ । मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, सुदूरुपश्चिमका पाहाडी जिल्लाको उच्च क्षेत्रमा हिमपात भएको छ ।  विभागका अनुसार मुलुकभरको मौसम बिहीबारबाट मात्रै क्रमिक सुधार आउनेछ । पश्चिम नेपालका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेका छन् । काठमाडौं उपत्यकामा पनि गएराती हल्का वर्षा भए पनि आज भने बिहानैदेखि घाम लागेको छ ।
पश्चिमी वायुको चापक्रमशःपूर्वतिर सर्दै जाँदा भने काठमाडौँलगायतका स्थानमा मौसम सामान्य बन्ने मौसमविद् कँडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो मुलुकका केही स्थानमा हल्का वर्षा हुनेछ । आज र भोलि पनि मौसम बदली हुने भएकाले विभिन्न ठाउँमा हवाई उडानमा समेत समस्या हुन सक्ने जनाइएको छ ।

कर्णालीमा भारी हिमपात , जनजिबन कष्टकर
जुम्लालगायतका उच्च हिमाली जिल्लाहरुमा हिजो दिउँसोदेखि भारी हिमपात भैरहेको छ । पश्चिमी वायुको कारण भएको भारी हिमापत आज बिहानसम्म उच्च भागमा करीब दुइ फिट र सदरमुकाम आसपासमा एक फिट जति हिउ परेको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् । जुम्ला सहित उच्च हिमालि जिल्लामा अझै एक दुइ दिन हिमपात हुने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । यसैबिच जुम्लामा भारी हिमपात भैरहेकाले पाटन तिर भेडा, बाख्रा राखेर बसेका किसानलाई सुरक्षित हुन प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले आग्रह गनुृ भएको छ । पाटनमा रहेका किसानहरुलाई आफ्नो घरपरिवारसँग यस्तो अवस्थामा नियमित सम्पर्क गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ । पाटन तिर रहेका किसानहरुले हिउँको बाटो काट्दा ध्यान दिन समेत आग्रह गरीएको छ । मंगलबार दिउँसोबाट हिमपात शुरु भएपछि जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालिकोट लगायत हिमालि जिल्लाका सर्बसाधारणको दैनिकी कष्टकर भएको छ । हिमपातले कामकाज तथा हिँडडुल गर्न अप्ठ्यारो परेपनि यतिखेरको हिँउले किसानलाई भने ठूलो फाइदा पुग्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत विष्णुवहादुर महतले बताउनु भयो । यतिबेला परेको हिउँले गहुँ, जौ लगायतका अन्नबाली तथा स्याउ, ओखर लगायतका फलफूललाई राम्रो गर्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

हुम्लामा पनि हिमपानले अत्याधिक चिसो
लामो खडेरीपछि दोस्रो पटक हुम्लामा हिमपात भएपछि अत्याधिक चिसो बढेको छ । यसले जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । हिजो बेलुका ८ बजेदेखि पर्न शुरु गरेको हिमपातले अहिले सिमकोटमा २ इन्च मात्र हिउँ जमेको भएपनि जिल्लाको तापक्रम माइनस ११ पुगेपछि जनजीवन निकै कष्टकर बन्दै गएका छ । लामो समयको चर्को खडेरीले दोस्रो पटक पर्न थालेको हिमपातले कृषकमा केही आशा जगाए पनि चिसोले जनजीवन भने निकै प्रभावित भएको छ । जल तथा मौसम विभागले केही दिनसम्म हुम्लालगायतका उच्च हिमाली जिल्लामा हिमपात हुन सक्ने जनाएको छ । लामो खडेरीका बिच केही दिन यता बंगालको मनसुन सक्रिय भएका कारण केही दिन हिमपात हुन सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

मुगुमा चिसोका कारण जनजीवन प्रभावित
मुगुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ.। आज हिजो बिहानैदेखी मुुगुमा चिसो बढेको हो । बिहानैबाट चिसो बढेपछि मुगु सदरमुकाम गमगढीमा मानिसहरुको आवतजावतसमेत न्युन रहेको छ । जिल्लाका रारा, मुर्माटप बामा लगायतका माथिल्ला भेगहरुमा केही समय अगाडी केही मात्रामा हिमपात समेत भएको थियो । चिसो बढेको बेलामा बालबालिका बृद्धबृद्धा र सुत्केरीको स्वास्थ्यमा ख्याल राख्न जिल्ला स्वास्थ्य कार्यालय मुगुले आग्रह गरेको छ । मुगुका गाउँमा ठन्डीसँगै फैलिएको मौसमी रुघाखोकीले दुई सातायता १२ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.