• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, असार ३०, २०८२
सोमबार, असार ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ उठाउने

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ४. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ७. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ९. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

  • १०. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

देशभरको मौसममा बदली, पश्चिम नेपालका केही जिल्लामा वर्षा

काठमाडौ उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ । गएराती पहिलो हिउँदे बर्षा भएपछि चिसो बढेको हो । आज दिउँसो मौसम बदली भई पानी पर्न सक्ने मौसम विज्ञान विभागले जनाएको छ । हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले देशभरिकै मौसममा बदली आएको हो । पछिल्लो बदलीसँगै मुलुकभर नै हल्का वर्षा हुन सक्नेछ । उच्च हिमाली क्षेत्र र तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिजोदेखि हिमपात भएको छ भने आज पनि वर्षा तथा हिमपात हुने विभागले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलकाअनुसार काठमाडौँलगायत पश्चिमी क्षेत्रमा बुधबार पनि मौसम बदली हुनेछ । मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, सुदूरुपश्चिमका पाहाडी जिल्लाको उच्च क्षेत्रमा हिमपात भएको छ ।  विभागका अनुसार मुलुकभरको मौसम बिहीबारबाट मात्रै क्रमिक सुधार आउनेछ । पश्चिम नेपालका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेका छन् । काठमाडौं उपत्यकामा पनि गएराती हल्का वर्षा भए पनि आज भने बिहानैदेखि घाम लागेको छ ।
पश्चिमी वायुको चापक्रमशःपूर्वतिर सर्दै जाँदा भने काठमाडौँलगायतका स्थानमा मौसम सामान्य बन्ने मौसमविद् कँडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो मुलुकका केही स्थानमा हल्का वर्षा हुनेछ । आज र भोलि पनि मौसम बदली हुने भएकाले विभिन्न ठाउँमा हवाई उडानमा समेत समस्या हुन सक्ने जनाइएको छ ।

कर्णालीमा भारी हिमपात , जनजिबन कष्टकर
जुम्लालगायतका उच्च हिमाली जिल्लाहरुमा हिजो दिउँसोदेखि भारी हिमपात भैरहेको छ । पश्चिमी वायुको कारण भएको भारी हिमापत आज बिहानसम्म उच्च भागमा करीब दुइ फिट र सदरमुकाम आसपासमा एक फिट जति हिउ परेको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् । जुम्ला सहित उच्च हिमालि जिल्लामा अझै एक दुइ दिन हिमपात हुने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । यसैबिच जुम्लामा भारी हिमपात भैरहेकाले पाटन तिर भेडा, बाख्रा राखेर बसेका किसानलाई सुरक्षित हुन प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले आग्रह गनुृ भएको छ । पाटनमा रहेका किसानहरुलाई आफ्नो घरपरिवारसँग यस्तो अवस्थामा नियमित सम्पर्क गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ । पाटन तिर रहेका किसानहरुले हिउँको बाटो काट्दा ध्यान दिन समेत आग्रह गरीएको छ । मंगलबार दिउँसोबाट हिमपात शुरु भएपछि जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालिकोट लगायत हिमालि जिल्लाका सर्बसाधारणको दैनिकी कष्टकर भएको छ । हिमपातले कामकाज तथा हिँडडुल गर्न अप्ठ्यारो परेपनि यतिखेरको हिँउले किसानलाई भने ठूलो फाइदा पुग्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत विष्णुवहादुर महतले बताउनु भयो । यतिबेला परेको हिउँले गहुँ, जौ लगायतका अन्नबाली तथा स्याउ, ओखर लगायतका फलफूललाई राम्रो गर्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

हुम्लामा पनि हिमपानले अत्याधिक चिसो
लामो खडेरीपछि दोस्रो पटक हुम्लामा हिमपात भएपछि अत्याधिक चिसो बढेको छ । यसले जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । हिजो बेलुका ८ बजेदेखि पर्न शुरु गरेको हिमपातले अहिले सिमकोटमा २ इन्च मात्र हिउँ जमेको भएपनि जिल्लाको तापक्रम माइनस ११ पुगेपछि जनजीवन निकै कष्टकर बन्दै गएका छ । लामो समयको चर्को खडेरीले दोस्रो पटक पर्न थालेको हिमपातले कृषकमा केही आशा जगाए पनि चिसोले जनजीवन भने निकै प्रभावित भएको छ । जल तथा मौसम विभागले केही दिनसम्म हुम्लालगायतका उच्च हिमाली जिल्लामा हिमपात हुन सक्ने जनाएको छ । लामो खडेरीका बिच केही दिन यता बंगालको मनसुन सक्रिय भएका कारण केही दिन हिमपात हुन सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

मुगुमा चिसोका कारण जनजीवन प्रभावित
मुगुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ.। आज हिजो बिहानैदेखी मुुगुमा चिसो बढेको हो । बिहानैबाट चिसो बढेपछि मुगु सदरमुकाम गमगढीमा मानिसहरुको आवतजावतसमेत न्युन रहेको छ । जिल्लाका रारा, मुर्माटप बामा लगायतका माथिल्ला भेगहरुमा केही समय अगाडी केही मात्रामा हिमपात समेत भएको थियो । चिसो बढेको बेलामा बालबालिका बृद्धबृद्धा र सुत्केरीको स्वास्थ्यमा ख्याल राख्न जिल्ला स्वास्थ्य कार्यालय मुगुले आग्रह गरेको छ । मुगुका गाउँमा ठन्डीसँगै फैलिएको मौसमी रुघाखोकीले दुई सातायता १२ जनाको मृत्यु भइसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका

    यस्तो छ आजको मौसम पुर्वानुमान

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन ? याे हाे सही तरिका
    • यस्तो छ आजको मौसम पुर्वानुमान
    • २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई नसमेटेको नाइमाको गुनासो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.