नेपालमा जिहोे को बाइक तथा स्कुटर लन्च
काठमाण्डौं । सीएफ मोटो र जिहो व्राण्डका नेपालका लागि आधिकारिक वितरक, रिलायान्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले एक समारोहको वीच आफ्नो ३५ वर्षको अनुभव बटुलेको सीएफ मोटो ब्राण्डका र सीएफ मोटो अन्तर्गत इलेक्ट्रिक मोबिलिटिमा छोटो समयमा आफ्नो उपस्थिति युरोप र एसियन देश हरुमा जनाउन सफल रहेको जिहो व्राण्डका वाइक तथा इलेक्ट्रिक स्कुटर हरुको नेपाली बजारमा ग्राहकहरुको लागि सार्वजनिक गरेको छ । यस अन्तर्गत सीएफ मोटो को एनके २५० फन , एसआर २५० फन एनके ४५० मोडलहरु रहेका छन् भने जिहोको ए इ सिक्स ं र ए इ सिक्स ं लङ रेञ्ज मोडलका इलेक्ट्रिक स्कुटर र सिटी स्र्पोट नामक इलेक्ट्रिक वाइक रहेका छन् । उद्घाटन कार्यक्रम झम्सिखेलको नयाँ सीएफ मोटो र जिहोको शोरुममा भएको थियो र यस कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ ललितपुरका अध्यक्ष श्री गोपाल महर्जन र विशेष अतिथि ललितपुर महानगरपालिकाका नगर प्रहरी बल प्रमुख सीताराम हाछेथु, रिलायन्स ग्रुप नेपालका निर्देशक श्री ऋषि अग्रवाल, सीएफ मोटो का ग्लोबल सेल्स म्यानेजर श्री ज्याक झाङ र ऋषि ट्रेड सेन्टरका महाप्रबंधक श्री उज्ज्वल जोशी लगायत , मिडियाकर्मी, बाइकर्सहरुको उपस्थिति थियो। सन १९८९ मा स्थापित यस सीएफ मोटा व्राण्ड, जुन हाल आएर १०० भन्दा बढी देश र ३००० भन्दा बढी विक्री तथा विक्री पछिको सेवा प्रदान गर्ने तीन यस सोरुम रहेको ऐतिहासिक व्राण्डको रुपमा टु डब्लु मा एडभेन्चर तथा फन को पूर्ण आभास दिदै डिजाइनीङ्ग, उत्पादन तथा आफ्नै रिर्सच एन्ड डेभलपमेन्ट मार्फत विश्वभर आफ्ना ग्राहक तथा डिलहरहरु माझ लोकप्रिय रहदै आएको छ । यस प्रतिस्थित व्राण्डले इ भि इन्ड्रष्ट्री मा आफ्नो सेवा विस्तार गर्नको निमित्त भित्र्याएको इलेक्ट्रिक स्कुटर जिहो ब्राण्डका तथा बाइकले पनि छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल रहेको देखिन्छ ।
नेपालमा यी ब्राण्ड रिलायान्स ग्रुप अन्तर्गत ऋषि ट्रेड सेन्टरले आफ्नो पूर्ण व्यवस्थापनको साथ गत वर्ष सञ्चालनमा ल्याए सँगै सीएफ मोटो ब्राण्ड र यस अन्तर्गतको जिहो ब्राण्डका इलेक्ट्रिक मोबिलिटिले समेत राम्रो रफ्तार लिएको देखिन्छ । गु्रपले, सीएफ मोटोका बाइक, एटीभी र एसएसभी ९ट्रयाक्टर० र जिहो ब्राण्डका स्कुटरको एक्सकुल्लुसीभ डिस्ट्रीब्युटर को रुपमा आफ्नो व्यापार नेपाली बजारमा विस्तार गरेका छन् । समारोहलाई सम्बोधन गर्दै ग्रुपका डाइरेक्टर ऋषि अग्रवालले आजको समारोह, आफ्नो ग्रुपको व्यापारिक इतिहासमा एक महत्वपूर्ण क्षण रहेको बताएका छन । सीएफ मोटो र जिहो ब्राण्डको साथ आजको मितिमा नोपाली बाइक तथा स्कुटर पारखीहरुलाई दुवै प्रकारको साधनको साथ आफ्नो सेवालाई अझ फराकिलो रुपमा विस्तार गर्न पाउँदा आफू लगायत ग्रुप नै उत्साहित रहेको समेत बताए । अग्रवालले आन्तरिक र बाह्रय पर्यटनमा विशेष योगदान बाइकको रहने र इलेक्ट्रिक मोबिलिटि मार्फत स्वच्छ वतावरण प्रति हरेक नागरिकमा रहेको जिम्मेवारीलाई व्यवहारमा उतार्नको निमित्त सीएफ मोटो र जिहो ब्राण्ड सदैव साथ रहने कुरामा विश्वास रहेको पनि बताएका थिए ।

कम्पनीले रिलायन्स ग्रुपले आफ्नो सामाजिक उत्तर दायित्वको लक्ष्यका साथ ललितपुर महानगरपालिका अन्तर्गतको नगरप्रहरी बललाई जिहो ए इ सिक्स ं इलेक्ट्रीक स्कुटर हस्तान्तरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा, जोशीले उत्सुकतापूर्वक प्रतिक्षा गरिएको दुई थप सीएफ मोटो को “एमटी४५० र एनके३००” जस्ता उच्चत्तम कार्य क्षमता र आकर्षक डिजाइनका मोडलहरू चाँडै लन्च गर्ने योजना रहेको घोषणा पनि गरेका थिए । साथै, ग्राहकको माया र विश्वासलाई निरन्तर रुपमा अघि बढाउन, कम्पनीले बिक्री तथा बिक्री पछिको सेवा चुस्त र दुरुस्त बनाउने कुरामा सधैं लागिपर्ने कुरामा विश्वास व्यक्त गर्नुका साथै उद्घाटन पछिको आफ्नो अर्को योजनानै सर्भिस विथ फन क्याम्प सञ्चालनमा ल्याउने रहेको तयारी रहेको समेत बताएका छन ।

सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
