ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित
जानकारी केन्द्र
२०८१, बैशाख, १३
काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन् । बिहीबार फिल्मका निर्माताले धमलासँग कागजी सम्झौता गरेका हुन् ।
फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिएका छन् । धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने भएका छन् ।
उनले यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका थिए ।
‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्ने यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसहित लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहनेछ ।
फिल्म लमजुङ बाहेक गोरखा र चितवनमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
