सर्लाहीमा निर्माणाधीन रेल्वे ट्रयाकबाट मोटरसाइकल खस्यो, चालकको निधन
जानकारी केन्द्र
२०८१, बैशाख, १४
सर्लाही । सर्लाहीको लालबन्दीस्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिकको निर्माणाधीन रेल्वे ट्रयाकमा दुर्घटना भएको हो ।
ज ११ प ७५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा चालक लालबन्दी नगरपालिका ३ जब्दीका ५० वर्षीय राजकुमार चौधरीको ज्यान गएको हो । राति ८:५० बजेतिर मोटरसाइकल पल्टिएको अवस्थामा चौधरीलाई स्थानीयले उद्धार गरी लालबन्दी बजारस्थित मोडेल अस्पताल पुर्याएका थिए ।
अस्पतालमा पुर्याए लगत्तै चौधरीलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मृतक चौधरीको शव पोस्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगेर राखिएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

