सहकारीको पैसा तिर्न चाहनेलाई मौका दिनुपर्छः गृहमन्त्री लामिछाने
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा तिर्न चाहनेलाई सम्बोधन गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) सहकारी बचतकर्ता संरक्षण अभियान (महासंघ) का अध्यक्ष कुशलव केसीलगायतका अभियन्ताहरुसँग छलफल गर्दै उनले तिर्न चाहनेलाई मौका दिने गरी अगाडि बढ्न आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीले यो पनि भनेका छौं, कोही मान्छे तिर्न चाहने मानिसहरु पनि छन् । म तिर्छु, म मिलाउँछु भन्न चाहनेहरुलाई, कोही होलान् नि त्यस्तो, जसले म तिर्न चाहन्छु, मसँग क्षमता छ, दायित्व २ अर्बको छ, सम्पत्ति ५ अर्बको छ भने त तिर्न सक्ला नि । त्यस्ताहरुलाई समेत सम्बोधन गरौं ।’
साथै, सहकारीका कारण धेरै मानिसहरु पीडित भनेका र आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेको भन्दै उनले यस्तो बेला विधि, प्रक्रिया र अभ्यास भन्दा पनि फास्ट ट्रयाकबाट सम्बोधन गरिनुपर्ने बताए ।
‘सहकारी र लघुवित्त पीडितका लागि यो संकटकाल हो । लाखौं मान्छे संकटमा परेका छन् । संकटकाल कस्तो रुपमा आउँछ, कुन ढंगको हुन्छ रु हामीले देख्दै, सुन्दै आएको बेग्लै होला । तर, पीडितहरु आत्महत्या गर्नुपर्ने आवस्थामा पुगिसकेका छन्, उपचार गर्नुपर्ने आवस्थामा आएका छन् । त्यसकारणले जनता संकटमा परेको बेला विधि, प्रक्रिया र अभ्यासको भारी बोक्नु हुँदैन, फास्ट ट्रयाकमा गर्नुपर्छ भनेर हामी लागिपरेका छौं,’– उनले भने ।
साथै, सहकारी ठगी मुद्दामा फरार रहेका, प्रमाणित भएका मानिसहरुको सम्पत्ति रोक्का राखेर न्याय दिने मानिसहरुको सम्पत्ति रोक्का गरेर न्याय दिने क्रमको सुरुवात हुने उनको भनाइ छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

