कर्णालीको सरकार विस्तार, को को बने मन्त्री ?
काठमाडौँ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ ।
मन्त्री बन्नेमा माओवादी केन्द्रबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । उर्जा मन्त्री बनेका परियार यसअघि विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।
त्यसैगरी एमालेबाट विनोद कुमार शाही भूमि व्यवस्था, कृषि तथा सहकारी, शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन् ।मुख्यमन्त्री कँडेलले गमता विकलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका छन् । एमालेले भाग पाएको आन्तरिक मामिला तथा योजना मन्त्रालय कँडेलले आफैसँग राखेका छन् । कर्णालीमा मुख्यमन्त्रीसहित आठ जना मन्त्रालय छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

