अदुवा खेती गर्ने तरिका
अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, रुघा, सर्दी जस्ता रोगहरुमा औषधिका रूपमा प्रयोग गरिन्छ । यसको जमिन मुनिको डाँठलाई स्वादको लागि दाल, तरकारी, चिया वा अचारका परिकारमा मिसाएर खाने गरिन्छ ।
हावापानी :
अदुवाको लागि न्यानो र ओसिलो हावापानी चाहिन्छ । बाली अवधिमा १५०० – २००० मि .मि. वर्षा र २०–३० डि.से. तापक्रममा राम्रो सप्रिने र तापक्रम ३५ डि. से. भन्दा बढी भएमा बिरुवा घामले डढ्ने र वेस तापक्रम १३ डि.से. भन्दा कम हुँदा सुषुप्त अवस्थामा गई बढ्न नसक्ने हुँन्छ ।
माटो :
प्रशस्त प्रांगारिक पदार्थ भएको मलिलो, पानीको निकासको व्यवस्था राम्रो भएको, राम्रोसंग हावा खेल्न सक्ने दुमट माटो अदुवा खेतीको लागि सबैभन्दा उपयुक्त मानिन्छ । तठस्थ भएको माटोमा खेती राम्रो हुन्छ ।
जात :
सल्याने, इलामे, भोजपुरे, कपुरकोट अदुवा–१, सुभ्प्रभा, सुरुची, सुरभी, हिमगिरी, कालकिट, कोचिन, रियो डि जेनेरियो, जमैका आदि स्थान विशेषका नामले प्रचलित छन् ।
जमिनको तयारी :
अदुवा खेतीको लागि १५ – २० से. मि. को गहिराईमा जमिनलाई दुई पटक खनजोत गरी, डल्लालाई धुलो बनाई, झारपात हटाएर भिरालो जग्गा भएमा माटो नबग्ने गरेर तेर्सो ड्याङ्गहरु बनाई आवश्यकता अनुसारको कम्पोष्ट मललाई जोत्नुपूर्व राखेर जग्गा तयार गर्नुपर्दछ र पानी नजम्ने व्यवस्था मिलाउनुपर्छ ।
बीउदर :
अदुवाको ५० – ६० ग्राम वजनको बिउ २५० किलो प्रति रोपनीको दरले प्रयोग गर्नुपर्दछ ।
बीउ गानोको छनोट :
अदुवाको बिउ गानो छनोट गर्दा निम्न कुराको बिशेष ध्यान दिनु पर्दछ :
बीउको श्रोत गानो कुहिने रोग नलागेको खेतको हुनुपर्ने ।
रोग तथा कीरा नलागेको स्वस्थ गानो हुनुपर्ने ।
कम्तिमा एउटा टुसा निश्चित रुपमा निक्लन सक्ने पोटिलो गानो हुनुपर्ने ।
गानोको आकार हेरी बिउ गानो ४० ग्राम देखि ६० ग्रामसम्मको हुनुपर्ने ।
बीउ उपचार :
गानो कुहिने रोगबाट बचाउन १० लिटर पानीमा २५ ग्राम इन्डोफिल एम – ४५ (मान्कोजेब) र १० ग्राम बेबिस्टीन (कार्बान्डाजिम) मिसाई बनाएको घोलमा बिउ गानोहरुलाई एक घन्टासम्म डुबाउने, त्यसपछि छायाँमा सुकाउने र ओभाएपछि मात्र रोप्ने काम गर्नु पर्छ ।
लगाउने समय :
फाल्गुन – चैत्र महिनाभित्र अदुवा लगाउन उपयुक्त समय मानिएको छ ।

लगाउने तरिका :
अदुवा लगाउँंदा एक हारदेखि अर्को हारको दुरी ३० से.मि. कायम गरी एक बोटबाट अर्को बोट ३० से.मि. टाढा राखी ७ – १० से.मि. गहिरो कुलेसोमा बिउ गानो रोप्नुपर्छ । अदुवा रोपेपछि टुसाएर जमिनको सतहमा आउन १ देखि ३ महिनासम्म लाग्नसक्छ । माटाको चिस्यान बचाई राख्न छार्पाको नितान्त आवश्यक पर्छ ।
मलखाँद, गोडमेल :
पहिलो पल्टको गोडमेल अदुवा उम्रेको एक महिनापछि र दोश्रो पल्टको गोडमेल अदुवा उम्रेको दुई महिनापछि गानोलाई असर नगर्ने गरी गर्नुपर्छ ।
सिंचाई :
जमिन सुख्खा हुन गएमा चिस्यान हेरी आवश्यकता अनुशर १५ दिनको फरकमा स्प्रिन्ग्क्लर बाट सिचाई दिनुपर्छ । अदुवाले पानी जमेको सहन नसक्ने हुँदा पानी निकासको उपयुक्त व्यवस्था मिलाउनु पर्दछ ।
अदुवाको माउ- बु्रनी निकाल्ने प्रविधि :
रोपेको ४ महिना पछि साउन भदौतिर रोपेको बिउ गानो (ब्रुनी) निकाल्दा बिरुवालाई पनि असर पर्दैन र अन्तिम उत्पादन पनि घट्दैन । स्वस्थ बीउ गानो रोपिएको छ भने लगभग ९० प्रतिशतसम्म माउ (ब्रुनी) फिर्ता निकाल्न सकिन्छ ।
बालीचक्र :
प्रत्येक तीन वर्षमा एकपटक मात्र अदुवा लगाउनु पर्दछ ।
अदुवामा लाग्ने रोग र किराहरु :
रोग :
अदुवा उत्पादनको प्रमुख समस्याका रुपमा रहेको गानो कुहिने- सुके सडन रोगको अतिरिक्त थोप्लेरोग, भण्डारण सडन आदि प्रमुख रुपमा लाग्ने गरेको पाइन्छ ।
रोग व्यवस्थापन प्रविधि :
रोगरहित स्थानमा उत्पादन भएको स्वस्थ बीउलाई भण्डारण गर्नु अघि डाईथेन एम–४५ ९०.२५५० ले र रोप्नुअघि डाईथेन एम–४५ ९०.२५५० र बेविस्टीन ९०.१५० ले बिउ उपचार गरी प्रयोग गर्ने ।
तीन वर्ष बिराएर मात्र अदुवा लगाउने र अदुवा लगाउनु भन्दा अघिल्लो वर्ष कोदो वा घिउसिमी लगाउने ।
पानी नजम्ने ठाउँको छनौट गर्नुको साथै निकासको उचित व्यवस्था गर्नुपर्ने ।
अदुवा लगाउँदा १०० के.जी. प्रति रोपनी निम वा तोरीको पिना र २.५ – ३ के.जी. टिमुरको धुलोको प्रयोग गर्नुको साथै रोग सहने सक्ने जति जस्तै कपुरकोट अदुवा–१ लगाउनु पर्ने ।
किराहरु :
अदुवामा मुख्य गरी खुम्रे किरा, रातो कमिला, गाने औसा लगायतका किराहरुले आर्थिक दृष्टिकोणले केही हदसम्म क्षति पु¥याएको पाइन्छ । साथै किराको सम्बन्ध गानो कुहिने रोगसँग पनि हुने हुँदा अदुवा लगाउँदा प्रति रोपनी ३ के.जी. का दरले क्लोरोपाइरिफस धुलो प्रयोग गर्दा राम्रो नतिजा पाइन्छ ।
बाली भित्रयाउने स् अदुवाको लगभग ७५५ सरा सुकेर ढल्न थालेपछि खन्न तयार हुने भएतापनि बजार भाउ राम्रो भएमा, हिउँदे बाली लगाउनु पर्दा वा क्यान्डी बनाउने प्रयोजनका लागि ६ महिनामा र सुठो तथा बीउ बनाउने प्रयोजनको लागि ८ – ८.५ महिनामा आधा सरा नढल्दै खन्नुपर्छ ।
उत्पादन :
नेपालमा अदुवाको अधिकतम उत्पादन क्षमता ४० मे. टन प्रति हेक्टरसम्म पाइएको भएतापनि औसत राष्ट्रिय उत्पादकत्व ११.६८ मे. टन प्रति हेक्टर छ ।
अदुवा भण्डारण :
अदुवालाई खनी सकेपछि भण्डारण गर्दा सुक्ने, चाउरिने र टुसा आई गुणस्तर घट्ने तथा कुहिएर नोक्सान हुने हुँदा सुरक्षित भण्डारणका लागि सावधानी अपनाउनु पर्दछ । यसलाई १२ – १४ डि.से. तापक्रम र ६५ – ७०५ सापेक्षिक आद्रता भएको वातावरणमा ५- ६ महिनासम्म सुरक्षित भण्डारण गर्न सकिन्छ ।
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
