कञ्चनपुरको एक घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति
जानकारी केन्द्र
२०८१, बैशाख, २१
कञ्चनपुर । कञ्चनपुरमा एक जनाको घरमा आगलागी भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको हो। आज विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुडाऐरले बताए।
उनको घरसहित गाई गोठमा आगलागी भएको हो। आगलागीबाट घर,गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ। तीन वटा बाख्रा जलेर मरेका छन् भने एक भैँसी जलेर घाइते भएको छ। प्रहरी निरीक्षक बुडाऐरका अनुसार घरमा राखिएको नगद पाँच लाख समेत जलेर नष्ट भएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
