अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगलाई प्रहरीको गोली लागेर मृत्यु
जानकारी केन्द्र
२०८१, बैशाख, २३
काठमाडौँ । अष्ट्रेलियाको पर्थमा चक्कुले आक्रमण गर्ने एक नाबालिगको प्रहरीको गोलीमा मृत्यु भएको छ । गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रहरीले शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको जनाएको छ । नाबालिगको उमेर १६ वर्ष थियो । उनलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेर नाबालिगलाई अस्पताल लगिए पनि बचाउन सकिएन।
पछिल्लो समय अष्ट्रेलियामा चक्कु सम्बन्धी अपराधमा बृद्धि भएको छ । गत महिना सिड्नीमा क्रिस्चियन धर्मगुरुमाथि पनि चक्कु प्रहार भएको थियो । यसअघि पनि सिड्नीको एउटा सपिङ मलमा महिला र बालबालिकालाई चक्कुले निशाना बनाएको घटना भएको थियो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
