भक्तपुरको कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भई दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र भारत बंगाल घर भई सोही कारखानामा काम गर्ने २९ वर्षीय मनु उर्वा रहेका छन्।
घाइतेमध्ये उर्वाको अवस्था गम्भीर छ। उनलाई डा. इवामुरा अस्पतालबाट थप उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। शनिबार मध्यराति १२ बजे सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा आगलागी भएको थियो।
खबर प्राप्त हुनासाथ खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं, भक्तपुर ललितपुर र काभ्रेबाट बोलाइएका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ४ बजे आगलागी नियन्त्रणमा लिइएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।
कारखानामा अझै पनि धुवाँ आइरहेकाले दमकल र एक्साभेटरको सहयोगमा निभाउने कार्य जारी रहेको उनले बताए। आगलागीमा १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको विवरण छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
