डुबेर दुई जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, बैशाख, २४
कास्की । पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही महानगरपालिका-५ मालेपाटन बस्ने १४ वर्षीय सोनाम सुवेदीको आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार पौडी खेल्ने क्रममा सोनाम डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको शव फेला पारेको छ ।
यसैगरी पोखरा महानगरपालिका-१७ पावरहाउसस्थित फुस्रेखोलामा डुबेर सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने १६ वर्षीय सुप्रिम पौडेलको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा सुप्रिम डुबेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको शव फेला पारेको छ । यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

