मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका छन् । सभामुखले बोलाएको सर्बदलीय बैठकमा लामिचानाएले महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरूद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताएका हुन् ।
उनले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए । उनले भने- रूपन्देहीमा मुद्दा चल्ने, नचल्ने आधार हेरियो होला । आधार हेर्दा मुद्दा नचल्ने देखियो । नाम सहभागी हुँदैमा दोषी हुने होइन । प्रतिपक्षले सदन चल्न दिन जिम्मेवार हुनुपर्छ । संसदीय अभ्यास अगाडि बढाउन दिनुपर्छ ।’
उनले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील छ, नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेको बताउदै बचतकर्ताको पैसा फिर्ता प्राथमिकतामा रहेको र यसलाई प्रतिपक्षीले साथ दिनुपर्ने बताए । उनले जिबी राईका सम्बन्धमा मलेसियामा गृहमन्त्रीसँग सकारात्मक छलफल भएको बताउदै उनलाई नेपाल ल्याउन निरन्तर प्रयास गरिरहेको बताए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
