गृहमन्त्री लामिछाने भन्छन्- ‘जीबी राईलाई अघिल्लो सरकारले भगायो’
जानकारी केन्द्र
२०८१, बैशाख, २९
चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् । शनिबार विहान चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जीबी राइलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउदै ‘भगाएको मान्छे’ लाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् ।
जीबी राई किन पक्राउ पर्न सकेनन् ? भनेर सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले भने- ‘भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।’ त्यसपछि त्यसो भए कसले भगायो ? भन्ने प्रश्नमा उनले भने- ‘भाग्दाखेरी सरकारमा को थियो ?’
उनले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए । उनले संसद्मा आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको भन्दै गुनासो गरेका थिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
