हत्या गरेको अभियोगमा चार जना पक्राउ
जानकारी केन्द्र
२०८१, बैशाख, ३१
काठमाडौँ । काठमाडौं महानगरपालिका गौशाला डेरा गरी बस्ने सुनसरी, इटहरी उपमहानगरपालिका घर भएका २४ वर्षीय शम्भु धितालको कुटपिट गरी हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने १८/१८ वर्षीय ४ जना किशोरहरूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरको छ ।
काठमाडौं महानगरपालिका-९ कुमारी मन्दिर नजिक शम्भु धिताललाई अपरिचित ३/४ जना ब्यक्तिहरुले हतियार प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-८ तिलगंगाबाट पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका शम्भुको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
