अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
काठमाडौँ । अफगानिस्तानमा दुई सातादेखि परेको अविरल वर्षाका कारण ३१५ जनाभन्दा बढीको मृत्यु भएको छ । तालिवान अधिकारीहरूले मारिनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।
सीएनएनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मे १२ मा बदख्सान, घोर, बाघलान र हेरातमा सबैभन्दा बढी क्षति भएको जानकारी दिएको छ।
अविरल वर्षाका कारण १६ सय जना घाइते भएका छन् भने २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । डब्लुएफपीले सामाजिक सञ्जाल पोस्टमा अफगानिस्तानमा आएको बाढीले ठूलो क्षति पुर्याएको बताएको छ । बाघलानमा सबैभन्दा बढी मृत्यु भएको छ । बगलानमा एक सयभन्दा बढी घाइते भएका छन् । बाघलान जाने बाटो बगेको कारण त्यहाँ राहत पुर्याउन ढिलाइ भएको अधिकारीहरुले बताएका छन् । त्यहाँबाट मानिसहरूलाई बाहिर निकाल्न सेना पठाइएको छ ।
तालिवानको रक्षा मन्त्रालयले मे ११ मा बाघलानमा मानिसहरूलाई बाहिर निकाल्न वायुसेना तैनाथ गरिएको बताएको थियो । यसैबीच अफगानिस्तानको तालिबान सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूलाई ढिलाइ नगरी सहयोग गर्न आग्रह गरेको छ । तालिबानका अनुसार संगठनले सहयोग नगरे हजारौं मानिसको ज्यान जानेछ ।
अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी)का अनुसार अफगानिस्तानका अधिकांश राज्यमा आपतकाल जस्तो अवस्था छ । विभिन्न आपत्कालीन टोली राहत कार्यमा जुटेका छन् ।
आईआरसीका निर्देशक सलमा बेन ऐसाले यो बाढीले मानवीय संकट निम्त्याएको बताइन् । अफगानिस्तानका जनता यस वर्षको सुरुमा गएको भूकम्पको पीडा झेलिरहेका थिए । तर अहिले बाढीले उनीहरूलाई झन् गरिबीमा धकेलिएको छ ।
अफगानिस्तानका धेरै राज्यमा दुई सातादेखि बिजुली छैन। जनतासँग एक छाक किन्न सक्ने स्रोत छैन । गत महिना नै अफगानिस्तानको हेलमाण्ड र काजाकी जिल्लामा भारी वर्षा र बाढीका कारण घर भत्किँदा नौ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

