सफा हिमाल अभियानले दुई मानव अस्थिपञ्जर भेटायो
जानकारी केन्द्र
२०८१, जेष्ठ, ३
काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्प बाट १ (एक) वटा तथा ल्होत्से हिमालको शिखर नजिकबाट १ (एक) वटा गरी जम्मा २ (दुई) वटा मानव शव तथा लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जरहरू सङ्कलन गरी ल्याएको छ ।
नेपाली सेनाले हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाको लागि बुझाएको जनाएको छ । त्यसैगरी सोही अभियानको दौरान हालसम्म ८ हजार ६ सय २० के.जी. फोहोर सङ्कलन गरी त्यसमध्ये २५० के.जी. कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।
यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

