Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

बस दुर्घटनामा परी दाङमा १० यात्रु घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, ४
बस दुर्घटनामा परी दाङमा १० यात्रु घाइते

घोराही । दाङमा भएको बस दुर्घटनामा परी १० यात्रु घाइते भएका छन्। घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३-०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

घाइतेलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर गरिएको छ। बस दुर्घटनाको कारण खुलेको छैन।

Top Changing Nepal

युट्युब सट्स