ओलीको असन्तुष्टि: बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन् । शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
ओलीले बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको आरोप समेत लगाएका छन् । उनले भने-‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ । यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भीर त्रुटि भएका छन् ।’
ओलीले सांसदहरुलाई निर्देशन दिदै बजेटमा रहेका कमजोरी औँल्याउन निर्देशन दिएका छन् । उनले भने- ‘बजेटमा रहेको कुनैपनि कमजोरी औँल्याउनै हुँदैन भन्ने होइन । बजेटमा रहेको कमी माननियज्यूहरूले आफ्नो क्षेत्र र जिल्लामा प्रदेशमा हिजोको र आजको के कमीकमजोरी छ ? के हुनुपर्थ्यो ? के अझै घट्यो ? यस्ता कुराहरुमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ ।’ बजेटमा कमजोरी भएपनि पारित गर्नुपर्ने अवस्था रहेको उनले बैठकमा बताए ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

